राप्रपाको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन


काठमाडौं – राप्रपाले गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा समापन भएको छ । पार्टीले विभिन्न माग राख्दै मेची-महाकाली यात्रा सुरू गरेको थियो । यात्राका क्रममा सहभागीले दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेको थियो ।

र्‍यालीमा करिब साढे एक सय सभा गरेको राप्रपाले शुक्रबार काठमाडौंमा अन्तिम सभा गरी समापन गर्न लागेको हो । पार्टीका अध्यक्ष कमल थापाले नेतृत्वमा सुरू भएको र्‍यालीमा विभिन्न जाति तथा धर्म झल्कने चिह्नसहित गाईको प्रतिमूर्ति बनाएको थियो । राप्रपाले उपत्याकामा ललितपुरको जाउलाखेलबाट र्‍याली सुरू गरी तिनै सहरको परिक्रमा गर्दै सभा बिर्सजन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement