लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न


काठमाण्डु – संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत मिशन लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको छ ।

लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष दूत जान कुबिसको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त समारोहमा शान्ति मिशन लिबियाका उच्चपदस्थ अधिकारीहरु, हेडक्वाटरमा कार्यरत शाखा प्रमुखहरू, संयुक्त राष्ट्र एजेन्सीहरूका प्रमुखहरू तथा अन्य स्टाफहरुको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा प्रमुख अतिथि जान कुबिसले नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदानको कदर गर्दै नेपाली शान्ति सैनिकहरुको व्यवसायीक क्षमताको समेत खुलेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement