सिटामोल सहज रूपमा उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश


काठमाण्डु – सर्वोच्च अदालतले सहज रुपमा सिटामोल लगायत अत्यावश्यक औषधि सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार सिटामोल तथा पारासिटामोलको उपलब्धता सहज गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गइरहेका बेला बजारमा सिटामोलको अभाव भएपछि टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दर्ता गरेको थियो ।

सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई माघ १७ गते छलफलको लागिसमेत बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement