परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसीसीबारे बेरीकाे चासाे


काठमाण्डु – परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारमा मन्त्री खड्का र राजदूत बेरीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्ताका क्रममा मन्त्री खड्काले सरकार र अमेरिकी जनतालाई नेपालको विकास र कोभिड १९ बिरुद्धको लडाइमा निरन्तर सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

साथै उनीहरुबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यस्तै भेटवार्ताका क्रममा राजदूत बेरीले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशनबारेसमेत चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement