निषेधाज्ञा थप गर्नेबारे निर्णय गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

निषेधाज्ञा थप गर्नेबारे निर्णय गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्ने भएको छ। काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलका अनुसार मंगलबार बिहान बैठक बस्न लागेको हो । उपत्यकामा पछिल्लोपटक निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको थियो ।

पछिल्लो समय काठमाण्डु उपत्यकामा संक्रमणदर बढ्दै गएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । उनले भने, ‘ देशभरको समग्र हेर्ने हो भने अहिले पनि संक्रमण दर २० प्रतिशत आसपासमा छ तर काठमाण्डु उपत्यकाको हकमा संक्रमण दर पहिलाको भन्दा बढ्दै गएको छ । भोली बस्ने बैठकले यस विषयमा छलफल गर्ला ।’

शनिबार मात्र देशभर १३ हजार ७५ जनाको पीसीआर परिक्षण गर्दा हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टमा ३० जनाको मृत्यु भएको थियो । हाल काठमाण्डुमा ७ हजार ६ सय ६३, भक्तपुरमा एक हजार ४ सय ८१ र ललितपुरमा २ हजार २ सय ९२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।