परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच ओमनमा भेटवार्ता भएको छ ।

आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मन्त्रीद्वयबीच आईतबार साइडलाइन भेटवार्ता भएको हो ।

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन उनीहरूबीच कुराकानी भएको बताइएको छ । नेपालको विकासमा भारतले गरेको निरन्तर सहयोगका लागि आफूले भारतीय विदेशमन्त्री जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाले बताइन् ।

व्यापार पारवहन र जलस्रोत विकास लगायतका विषयमा नेपाल–भारतबीच भएको प्रगतिका लागि आफूले धन्यवाद दिएको उनले बताइन् ।

लामो युरोप भ्रमणपछि गत पुस ४ गते भारत पुगेकी परराष्ट्रमन्त्री राणासँग भारतीय पक्षका कसैले भेट्न मानेका थिएनन् । त्यतिबेला परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने प्रयास गरेकी थिइन् तर भेट्न उनले मानेका थिएनन् ।

परराष्ट्रमन्त्री आरजु उच्चस्तरीय भेटघाट विना भारतबाट नेपाल फर्केकी थिइन् । फर्केको २ महिनापछि ओमनमा विदेशमन्त्री जयशंकरसँग उनले भेट गरेकी छन् ।