बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, महामन्त्री थापा अनुपस्थित

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, महामन्त्री थापा अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको चर्चाबीच बुधबार साँझ संयन्त्रको बैठक सुरु भएको हो ।

संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत सहभागी छन् ।

संयन्त्रमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा समेत रहे पनि उनी बैठकमा अनुपस्थित छन् ।