एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित


काठमाण्डु-राष्ट्रियसभाको आज बसेको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए ।

उनले विमानस्थलबाट त्यत्ति ठुलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताएका छन् । यसैबीच साउन २२ गते दिउँसो १ बजे बस्ने गरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement