सर्वदलीय बैठक भोलि बिहानसम्म स्थगित


काठमाण्डु – सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नबारे छलफल गर्न बसेको सर्वदलीय बैठक औपचारिकतामै प्रवेश नै नगरी स्थगित भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित भएको जनाइएको छ ।

भोलि बुधवार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । सोमवारको सर्वदलीय बैठकले छानबिन समितिको कार्यविधिको मस्यौदा बनाउन कार्यदल बनाएको थियो ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement