राष्ट्रियसभा बैठकमा एमालेको अवरोध, भदौ १० गते बस्ने गरी स्थगित


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा अवरोध जारी राखेको छ ।

मंगलवार बसेको बैठकमा एमालेले अवरोध गरेपछि भदौ १० गते बस्ने गरी बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले बैठकमा अवरोध गर्दै आएको छ । एमालेले बैठक चल्न नदिने बताएपछि अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका छन् ।

अर्काे बैठक भदौ १० गते दिउँसो १ बजे बस्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement