प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओसवाल्डबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार जंगी अड्डामा भएको भेटवार्तामा दुई देशको आपसी हितका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement