प्रधानसेनापति शर्मा र कोरियाका राजदूतबीच भेट


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकबीच शिष्टाचार भेट भएको छ । राजदूत पार्क चोङले आज जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement