प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोली न्यान्तीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति थापा र साराबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्ताका क्रममा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement