प्रधानसेनापति र पाकिस्तानी कार्यवाहक राजदूतबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत अदनान जावेद खानबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न कार्यवाहक राजदूत खान बुधबार जंगीअड्डा पुगेका थिए ।

प्रधानसेनापति र नेपालका लागि पाकिस्तानी कार्यवाहक राजदूतबीच दुई पक्षीय आपसी हितबारे छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement