प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबीच भेटवार्ता भएको छ ।राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्तीले आज जङ्गी अड्डामा पुगेर शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा उनीहरुबीच संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement