मेगा बैंक र कुवेतको अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता


काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ।मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो। अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ।

अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन्। यसका साथै, अलमुल्लाको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ।

नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सयभन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ। ‘मेगा रेमिट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement