प्रभु बैंक र सैञ्चुरी  कमर्सियल बैंकबीच मर्जर सम्झौंता


काठमाण्डु – प्रभु बैंक र सैञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौंता भएको छ । आइतबार काठमाण्डौंको होटल मेरियटमा दुई बैंकबीच मर्जर सम्झौता भएको हो । मर्जरका लागि दुवै बैंकका अधिकारीहरुबीच लामो समयदेखि छलफल भएपनि निष्कर्शमा पुग्न सकेको थिएन ।

सेन्चुरी र प्रभु बैंकबीच १ : १ को अनुपातमा मर्जरमा जाने सम्झौता भएको हो । तर, बैंकको नाम भने प्रभु बैंक लिमिटेड नै रहने भएको छ ।

सम्झौताअनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रहनेछन् भने सेन्चुरी बैंकका सिईयो मनोज न्यौंपाने डेपुटी सिईयो बन्ने सहमति भएको छ ।

सात सदस्यीय संचालक समितिमा प्रभुबाट ४ र सेन्चुरीबाट ३ जना रहने सहमति समेत भएको छ । दुवै बैंक मर्जरमा गएसंगै बैंकको चुक्तापुंजी २२ अर्ब रुपैयाभन्दा माथि पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement