मेगा बैंकले दियो रवीन्द्र अधिकारीका अंगरक्षक घिमिरेका परिवारलाई बीमा रकम


काठमाडौं – ताप्लेजुङमा भएको हवाई दुर्घटनामा परी निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंकले बीमा बापत पाँच लाख रुपैँया प्रदान गरेको छ ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैँयाको चेक हस्तारन्तरण गरेकी हुन् ।

मेगा बैंकमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बीमा बापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको हो । तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन २२ गते ताप्लेजुङको फुङलिङ–१०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

मेगा बैंकबाट रकम बुझेपछि स्वर्गीय घिमिरेकी पत्नी शिलुले ग्राहक वर्गको सुरक्षाका साथै अभिभावकत्व ग्रहण गरिदिएको भन्दै मेगा बैंकलाई धन्यवाद दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement