के तपाईको महिनावारी गडबढ हुन्छ ,जानी राखौं


एजेन्सी – महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक कारण हो।

‘शरीरमा हुने इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ । कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ ।

पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शररीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ । तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ । परिक्षाको समयमा पनि किशोरीहरुको महिनावारीमा तलमाथि हुन सक्छ ।

महिनावारी हुने सामान्यतया उमेर पुगेका किशोरी वा युवतीहरुको प्राकृतिक र सामान्य प्रक्रिया हो । महिनावारी हुँदा सामान्यत ४ देखि ५ दिनसम्म (कसैकसैलाई अलि बढी) रक्त स्राब हुने गर्दछ । तर पनि अधिकांश युवतीहरुले यो समयमा बिभिन्न खालका समस्याहरु झेल्ने गरेका छन् । चिकित्सकहरुका अनुसार सामान्यतया महिनावारीको २८ दिनको चक्र हुन्छ तर धेरै युवतीहरुले महिनाबारी अनियमित हुने समस्या भोग्दै आएका छन् ।

यसका साथै पेट दुख्नु, कमजोरी, थकान महसुस हुन जस्ता समस्या पनि देखिनु सामान्य हो तर महिनावारी समयमा नहुने कारणले धेरै युवतीहरु हैरान हुने गरेका छन् । यसको उपचारका लागि बिभिन्न औषधी सेवन गर्ने गरेको समेत पाइन्छ । केही घरलु उपाय र खानपानमा ध्यान दिँदा समेत महिनावारी गडबढीको समस्या समाधान हुने चिकित्सकहरु बताउँछन् ।

काँचो मेवा
महिनावारी अनियमित हुने समस्या छ भने काँचो मेवा सेवन गर्नु लाभदायक हुन्छ । काँचो मेवामा प्रशस्त मात्रामा प्रोवोग, आइरन, क्याल्सियम र भिटामिन ए पाइन्छ । जुन महिनावारीसँग जोडिएका समस्या समाधान गर्न मद्धत मिल्छ । महिनावारी हुँदाको दिन मेवा दहीसँग मिलाएर खानु राम्रो हुन्छ ।

सोफ
सोफको सेवान हाम्रो स्वास्थ्यको लागि निकै फाइदा जनक हुन्छ । नियमित रुपमा सोफको सेवनले महिनावारी अनियमित हुने समस्या समाधान हुन्छ । दुई चम्चा सोफलाई एक गिलास पानीमा भिजाएर राख्नुहोस् । बिहान उठेर त्यसलाई छानेर पिउनुहोस् । नियमित रुपमा सेवन गर्दा महिनावारीमा देखिने समस्या समाधान हुन्छ ।

बदामरछोक्रा
बदाम तथा छोक्रा एकसाथ मिलाएर खाँदा पनि महिनावारीको समयमा देखिने समस्या हट्छ ।

एलोवेराको जुस
एलोवेराले पेटको समस्या समाधान गर्न मद्धत गर्छ । बिहानै उठेर खालिपेटमा ५० ग्राम एलोबेराको जुस एक गिलास पानीमा मिसाएर नियमित सेवन गर्नाले अनियमित महिनावारी हुने समस्या समाधान हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement