रजोनीवृत्तिले मेटाबोलिक सिन्ड्रोमको जोखिम


एजेन्सी – रजोनीवृत्ति भएको बेला, महिलाहरुमा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढी हुने एक अध्ययनले देखाएको छ । त्यस्तै महिलाहरुमा हर्मोनको परिवर्तनले गर्दा रजोनीवृत्तिको समयमा महिलाहरुमा यस्तो समस्या देखिएको हो ।

महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाई रजनोवृत्ति भनिन्छ । यस अवस्थामा महिलाको अण्डाशयको काम स्थायी रूपमा बन्द हुन्छ र प्रजनन शक्ति पनि समाप्त हुन्छ । उमेर पुगेपछि महिनाबारी रोकिनु रजोनिवृत्तिको एउटा प्राकृतिक बायोलोजिकल प्रक्रिया हो । यो प्रक्रिया ४० देखि ५० बर्षको बीचमा हुन्छ ।

मेनोपोज एक अवस्था हो जुन प्रत्येक महिलाले पार गर्नुपर्दछ । पेरिमेनोपोजको समय अर्थात रजोनीवृत्ति महिलाहरूको लागि एकदम नाजुक हुन्छ र यस अवधिमा उनीहरूले धेरै शारीरिक परिवर्तनहरू भोग्नुपर्दछ । पोस्टमेनोपाञ्जल पार गरिरहेकी महिलाहरूमा गरिएको एक अध्ययनले रजोनीवृत्तिले महिलाहरूमा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढाउँदछ र उच्च रक्तचाप, मोटोपन वा हाई ब्लड शुगर हुने गर्दछ । मेटाबोलिक सिन्ड्रोमले हृदय रोग र क्यान्सरको जोखिम पनि बढाउँछ ।

स्वास्थ्यमा असहजताको महसुस हुनु, जसको कारण राम्रो निद्रा नलाग्नु, चिसोमा पनि गर्मीको अनुभव हुनु, पसिना आउनु, स–साना कुरामा पनि चिडचिडापन आउनु, कुनै कुरा पनि रमाइलो नलाग्नु जस्ता व्यवहारहरु रजोनिवृत्तिको क्रममा देखिन्छ । तर यो समय बित्दै जाँदा यी समस्याहरु पनि हट्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement