आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक नराखे सदन चल्न दिन्नाैँ : रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने सदन चल्न नदिने बताएकाे छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यसपछि बस्ने बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने सदन चल्न नदिने चेतावनी दिएका हुन् । शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै उनले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरे ।

सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको गाईंगुई सुनिएको उल्लेख गर्दै उनले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement