मेयर बालेनको निर्देशनपछि उठ्यो झन्डै ८५ लाख राजश्व


काठमाण्डु- काठमाण्डु महानगरपालिकाले मनोरञ्जन करमार्फत् झन्डै ८५ लाख उठाएको छ।

मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि महानगरले मनोरञ्जन करबाट दुई सातामा ८४ करोड ३४ हजार ९ सय ३१ रूपैयाँ उठाएको महानगरको राजश्व विभागले‍ जानकारी दिएको छ। जसमा ९ वटा कम्पनीले कर तिरेका छन् ।

महानगरका अनुसार काठमाण्डु फनपार्क, डेल्टीन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन हायात, माजोङ इन्टरटेनमेन्ट, बाल्को क्यासिनो, बेलिज क्यासिनो र रोयल क्यासिनोले मनोरञ्जन कर तिरेका छन् ।

सबैभन्दा धेरै कर बुझाउनेमा डेल्टिन क्यासिनो होटल म्यारिट-१ रहेको छ। सो क्यासिनोले २१ लाख ४२ हजार ३४ रूपैयाँ कर बुझाएको छ । दोस्रोमा काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ राजस्व बुझाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement