वीरगञ्जका मेयरविरुद्ध पक्राउ पुर्जी जारी, के हो कसुर ?

वीरगञ्जका मेयरविरुद्ध पक्राउ पुर्जी जारी, के हो कसुर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।

मंगलबार अदालतले मेयर सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत (कीर्ते) सम्बन्धी कसुरमा पक्राउ गर्न अनुमति मागेको थियो ।

अदालतले अनुसूची २२ अनुसारसिंहलाई पक्राउ गरी अनुसन्धान गर्न भनेको छ ।

अदालतले उनीहरूविरुद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। सात दिन भित्रमा पक्राउ परे अदालतमा उपस्थित गराइदिन भनिएको छ। यस्तै त्यो अवधिमा पक्राउ नपरे ३५ दिने सूचना तामेल गर्न र पक्राउ परे उपस्थित गराइदिन अदालतले जिल्ला प्रहरी कार्यालयलाई भनेको छ।

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ।

मेयर सिंहविरुद्ध परेका चार वटा मुद्दामध्ये लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन् ।