आजको मौसम : पश्चिम र पूर्वमा ठूलो पानी पर्ने सम्भावना

आजको मौसम : पश्चिम र पूर्वमा ठूलो पानी पर्ने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (आइतबार) देशभरका मौसममा बदली भएको छ । मौसम बदलीसँगै देशभरका विभिन्न स्थानमा वर्षा जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही असार ५ गते मनसुन भित्रिएयता देशका विभिन्न स्थानमा दैनिकजसो वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज पनि देशभर सामान्य बदली भई देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

पश्चिम र पूर्वका एकरदुई स्थानमा भने आज ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार पश्चिमी क्षेत्रका केही स्थानमा अहिले पनि वर्षा भइरहेको हुनसक्छ । मध्य क्षेत्रका काठमाडौंलगायत स्थानमा भने दिउँसो पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

यस्तै पूर्वमा भने केही ढिला अपराह्नतिर वर्षा हुने संकेत देखिएको महाशाखाले जनाएको छ । मनसुन देशभर सक्रिय रहे पनि खासै ठूलो र लगातार वर्षा सुरु भइसकेको छैन ।

वर्षाको पानीले जमिनको माटो भिजाइसकेपछि भने थोरै वर्षाले पनि असर गर्ने मौसमविदकोे भनाइ छ ।