रौतहट – पर्सा सशस्त्र प्रहरीले ट्रामोल ५० एमजी ट्रामाडोल हाइड्रोक्लोराइड लागूऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको गस्ती टोलिले वीरगञ्ज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट ८१ हजार ४९० ट्याब्लेट बरामद गरेको हो ।
भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति गस्ती टोलिलाई देख्नसाथ लागूऔषध छाडेर भागेको पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए ।
फरार रहेका तस्करहरूको खोजी कार्य जारी रहेको उनको भनाइ छ । बरामद गरिएको लागूऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया