संस्थापन पक्षमा समाहित भएपछि मीन विश्वकर्माले भनेः देउवालाई सर्वोच्च नेता बनाउँछौँ

संस्थापन पक्षमा समाहित भएपछि मीन विश्वकर्माले भनेः देउवालाई सर्वोच्च नेता बनाउँछौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस नेता मीनबहादुर विश्वकर्माले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको ‘सर्वोच्च नेता’ प्रस्ताव गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले देउवाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताए ।

‘उहाँले सभापति रहेको दाबी गर्नुभएको छ । हामी सर्वोच्च नेता बनाउँछौँ,’ उनले भने, ‘देउवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ।’

विश्वकर्माले देउवा १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार नरहने पनि स्पष्ट गरे ।

उनका अनुसार गगन थापाले नेतृत्व गरेको कांग्रेसको १५औँ महाधिवेशनमा ९० प्रतिशत नेता–कार्यकर्ता सहभागी हुनेछन् ।

असोज ३ र ४ गते वडा अधिवेशन तथा विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी रहेको उनले बताए ।

आफूहरुले ३१ जनाबाट सुरु गरेको अभियान ५१ जना पुगेको बताए । अधिवेशनमा ९० प्रतिशत सहभागी हुने उनको भनाइ थियो । विश्वकर्माले आफूहरूले अघि सारेका माग कांग्रेसले क्रमशः पूरा गर्दै गएको पनि बताए ।