परराष्ट्रमन्त्री ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दै


काठमाडाैँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि उनी अाज राती ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका हुन् ।

मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ । उनको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले वैशाख ५ गते समकक्षी वाङ वीसँग दुईपक्षीय वार्ता गर्नेछन् । बेइजिङमा रहँदा उनले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी यही वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ

प्रतिक्रिया दिनुहोस
Advertisement