काठमाण्डु – अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष पुष्पराज ढुंगानालाई स्पष्टिकरण सोधेको छ ।
बिहीबार मन्त्रालयले अध्यक्ष ढुंगानालाई निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर आचारसंहिता र कानून विपरीत हात पारेको विषयमा स्पष्टिकरण सोधेको हो ।
उनले छोरीको नाममा निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको विषयमा चासो देखाएको छ ।
पत्रमा भनिएको छ, ‘सञ्चारमाध्यममा आएका विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशानुसार अनुरोध गरिएको छ ।’
प्रतिक्रिया