खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन मन्त्रालयको निर्देशन


काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारी एवम् अन्य कामको लागि विदेश जानेहरुका लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयको साउन ७ गतेको निर्णयले खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताललाई निर्देशन दिएको थियो ।

तर पछिल्लो समयमा केहि अस्पतालबाट शुल्क लिएको गुनासो आएको भन्दै त्यसो नगर्न मन्त्रालय अन्तर्गत स्वास्थ्य समन्वय महाशाखाले एक सुचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement