युक्रेनी विमानमा रुसी मिसाइल हानेको खुलासा


तेहरान – युक्रेनको यात्री विमानमाथि हमला गरेको स्वीकारोक्तिपछि इरानले एक अर्को कुरा स्वीकार गरेको छ । इरानले यो पनि स्वीकार गरेको छ कि युक्रेनी विमानमा २ मिसाईल प्रहार गरिएको थियो, जसमा १७६ मानिसको मृत्यू भएको थियो ।

इरानले यो हमला आफ्ना सेना कमाण्डर कासिम सुलेमानीको हत्यापछि गरेको हो । कासिम सुलेमानीलाई अमेरिकाले इराकमा हवाई हमलामा मारेको थियो ।

सुरुमा यो आरोप अस्वीकार गरेपछि इरानले पछि हमला गल्तीले भएको स्वीकार गरेको थियो । अब इरानले रुसी मिसाइलको प्रयोग गरेको विषय पनि स्वीकार गरेको छ । उक्त मिसाइल टर–एम वानबाट प्रहार गरेको इरानले जनाएको छ ।

टर–एम वान यस्तो मिसाइल हो जसलाई जमिनबाट आकाशमा छोडिन्छ । यसको प्रयोग आकाशमा मार हान्नका लागि गरिन्छ । यो रुसी प्रविधिको उत्तम मिसाइल सिस्टम हो । जुन सबै प्रकारको परिस्थितिमा काम गर्नका लागि सक्षम रहेको छ ।

इरानले २०१७ मा रुसबाट २९ वटा टर–एम वान मिसाइल किनेको थियो । जसको प्रयोग युक्रेनी विमानमा हमला गर्नका लागि प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement