तम्घास हिँडेकी पुजा चार दिनदेखि वेपत्ता


बुटवल – गुल्मीको ईस्मा गाउँपालिकाकी–१७ वर्षीया पूजा अर्याल ४ दिनदेखि बेपत्ता भएकी छन् ।

ईस्मा गाउँपालिका–५, जामुनडाँडा घर भएकी पुजा मंसिर १ गते बिहान तम्घासका लागि घरबाट हिडेकी छोरी फिर्ता नआएपछि उनको खोजी गरिदिन बाबु नारायणप्रसाद अर्यालले आग्रह गरेका छन् ।

दोहलीस्थित रामराजा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत पूजा कविता र गीत–गजल लेखनमा बढी रुची राख्थिन् । उनका परिवारले ईस्मा प्रहरी चौकीमा खोज तलासका लागि जाहेरी दिएको बाबु नारायणप्रसादले बताए ।

पूजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भएपछि स्वास्थ्यमा थप समस्या परेको बाबु नारायणप्रसादले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement