भारतको नयां सिडिएसमा नरवणे र सेना प्रमुख मोहांटीलाई बनाउने तयारी


काठमाण्डु – भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भारतको नयां चीफ अफ डिफेन्स स्टाफ बन्ने भएका छन् ।

सरकारले भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको ठाउंमा थल सेना प्रमुख नरवणेलाई नयां सिडिएस नियुक्त गर्ने तयारी गरेको हो । उनको नियुक्ती आइतबारसम्म हुने बताइएको छ । नरवणे नेपाली सेनाका मानार्थ महारथी समेत हुन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नरवणेलाई सिडिएसमा नियुक्त गर्ने र थल सेना प्रमुखमा लेफ्टिेनेण्ट जनरल चण्डी प्रसाद मोहांटीलाई बनाउने तयारी गरेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

१९८२ मा सैन्य सेवामा प्रवेश गरेका मोहांटी राजपुत रेजिमेन्टका हुन् । उनि ओडिसाको जगतसिंहपुरका स्थायी बासिन्दा हुन । मोहांटी यसअघि भारतिय सेनाको डिजिएमओ थिए भने उनि पूर्वी कमाण्डको कमाण्डर समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement