पूर्वमिस नेपाल उषा खड्गीले गरिन् ‘डिभोर्स’


काठमाडौं – पूर्वमिस नेपाल तथा मोडल उषा खड्गीले १७ वर्ष लामो वैवाहिक जीवन तोड्ने निर्णय गरेकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू निरन्तर शारीरिक तथा मानसिक हिंसामा परेकाले अब बैवाहिक सम्बन्ध तोड्ने निर्णयमा पुगेको जानकारी दिएकी हुन् । उनले यसबारे एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता पनि सेयर गरेकी छन् ।

फेसबुकमा सेयर गरेको टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्, ‘विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन, त्यसैले यस्तो निर्णय भएको हो ।’

जीपी तिमल्सेना र उषा खड्गीबीच १९ वर्षअघि चिनजान भएको थियो । २ वर्ष प्रेम सम्बन्धमा रहेपछि पूर्वमिस नेपाल खड्गीले १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement