वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने प्रधानमन्त्री प्रचण्ड र मोदीको दावी


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल(भारत सीमा विवादबारे छलफल भएको छ। बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे छलफल भएका बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने दाबी गरे । ‘हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्‍याउनका लागि काम गरिरहनेछौं। यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गर्छौं।’, पत्रकार सम्मेलनमा मोदीले भने ।

त्यस्तै सोही पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले पनि सीमा विवाद समाधानका विषयमा कुराकानी भएको बताए । ‘मोदी जी र मैले सीमाका विषयमा पनि छलफल गर्‍यौं। मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखें,’, उनले भने ।

चार दिने भ्रमणका लागि बुधबार प्रधानमन्त्री प्रचण्डले बुधबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका हुन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण लगायतका सम्झौता भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement