शपथमा मोदीलाई किन बोलाएनन् इमरानले?


काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शपथ लिने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेद्र मोदीलाई डाक्ने अपेक्षा गरिएपनि सम्भव भएन।

चुनावको नतिजा लगत्तै नवविजयी दल तहरिक ए इन्साफका प्रवक्ता फब्बाद चौधरीले इमरानको शपथमा सार्क देशका नेताहरुलाई उपस्थित गराइने घोषणा गरेका थिए।

उनले इमरानका क्रिकेटका साथीहरु र फिल्मी साथीहरुलाई पनि सपथ कार्यक्रममा निमन्त्रणा दिने बताए। इरफानका प्रवक्ताको यो घोषणाले भारत–पाकिस्तान लगायत सार्क मुलुकका धेरैलाई खुसी बनाएको थियो।

तर, इमरानले त्यसको भोलिपल्टै सपथ सामान्य तरिकाले हुने भन्दै उक्त कार्यक्रममा कसैलाई पनि नबोलाउने बताएकाले मोदीसँग हुने अपेक्षा गरिएको भेट नहुने निश्चित बनेको हो।

इमरान पाकिस्तानी सत्तामा आएपछि भारत–पाकिस्तानको सम्बन्धमा केही मात्रामा भए पनि गति आउने अनुमान धेरैले गरेका थिए। तर इमरानको घोषणाले अब त्यो सम्भव नभएको पुष्टि गरिसकेको छ।

बीबीसीका पाकिस्तान संवाददाता बुसअतुल्लाह खानले सपथमा पाहुना बोलाउने खेल सबै भारतीय प्रधानमन्त्री मोदीका कारण बिग्रिएको बताएको बीबीसी हिन्दीमा उल्लेख छ। उनले लेखेका छन्,‘मलाई लाग्छ कि पाहुना बोलाउने सारा खेल मोदीका कारण बिग्रियो। यदी मोदीलाई निमन्त्रणा दिइयो र उनले आउन इन्कार गरे भने के होला?’ यही कारणले मोदीलाई नबोलाइएको उनको ठहर छ।

इरफानको सपथमा त यो मौका गुमिसक्यो तर फेरि आगामी वर्ष भारतमा हुने आम निर्वाचनपछि पुनः आउने छ।

प्रतिक्रिया दिनुहोस
Advertisement