भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव पेस


काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आज बुधवार संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ ।

भारतीय राष्ट्रिय कांग्रेसका लोकसभा उपाध्यक्ष तथा पूर्वोत्तर नेता गौरव गोगोईले बुधबार मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिभ अलायन्सले मंगलबार मणिपुरको अवस्थालाई लिएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव अघि सार्ने जनाएको थियो ।

मणिपुरमा भड्किएको हिंसाका विषयमा प्रधानमन्त्री मोदीले संसदमा जवाफ दिनुपर्ने विपक्षीको माग पूरा नभएपछि सो कदम चालिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement