मोदी चौथो पटक नेपाल आउने तयारीमा रहेका बेला के भने भारतीय राजदूतले?


काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल भ्रमण आउन लागेका बेला काठमाडौंस्थित भारतीय दूताबासले साक्षात्कार गरेको छ। मोदी काठमाडौँमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदैछन।

सोही अवसरमा मंगलबार आयोजित साक्षात्कारमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भ्रमणबाट नेपाल–भारतबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गरे।

राजदूत पुरीले नेपालको गण्डकदेखि भारतको गंगासम्म तथा नेपालमा रेल्वे अघि बढाउनेजस्ता क्षेत्रमा दुवै मुलुकबीच सहकार्य हुन सक्ने बताए। मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम छ।

नेकपाका नेता डा राजन भट्टराईले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताउँदै दुई मुलुकबीचको हवाई क्षेत्रको विस्तार र सीमा क्षेत्रमा डुबानको समस्या न्यूनीकरणका लागि भारतसँग सहकार्य भइरहेको बताए।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महात्मा गान्धीको जगमा भारत उन्नतिको शिखरमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement