तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ

तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ


काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार भारतको राजधानी नयाँ दिल्लीको राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् ।

उनको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख तथा भारतका उच्च संवैधानिक, राजनीतिक, कूटनीतिक तथा सार्वजनिक क्षेत्रमा व्याक्तित्वहरुको उपस्थिति यियो ।

आफ्नो सपथ सँगै मोदीले ७२ मन्त्रीहरुको शपथ गराएका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् ।