मोदीको पहिलो वैदेशिक भ्रमणः बिहीबार इटाली जादैँ

मोदीको पहिलो वैदेशिक भ्रमणः बिहीबार इटाली जादैँ


काठमाण्डु- भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार इटाली जाने भएका छन् । जी-सेभेनको शिखर सम्मेलमा सहमागी हुन बिहीबार उनी इटालीको अपुलिया जाने भएका हुन् ।

तेस्रो कार्यकालको मोदीको याे पहिलो वैदेशिक भ्रमण हुनेछ। हालै सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ एनडीए गठबन्धनले बहुमत ल्याएपछि मोदी तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।