सानातिना मतभेदले हामी टाढिनु हुँदैन : मोदी


काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सातातिना मतभेदले कोही टाढिन नहुने बताएका छन् । महाराष्ट्रमा भारतीय जनता पार्टी र शिव सेनाबीच सहकार्य टुटेलगत्तै मोदीले आइतबार बसेको सत्तारुढ गठबन्धन बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

भारतमा संसदको शीतकालीन सत्र सुरु हुनुअघि आइतबार सत्तारुढ गठबन्धन ‘नेसनल डेमोक्रेटिक अलाइन्स’ (एनडिए)को बैठक बसेको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘एनडिएका सहयोगीहरुको विचारधारा अलग–अलग हुन सक्छ, तर हामी एउटा ठूलो परिवारजस्तै हौं, सानातिना मतभेदले टाढिनु हुँदैन ।’

बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहका अतिरिक्त अन्य वरिष्ठ मन्त्री र नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement