मोदीको विजयले नेपाल भारतको सम्बन्ध अझ प्रगाढ : पूर्व राजदूत उपाध्याय


सन्धिखर्क – भारतका लागि नेपाली पूर्व राजदूत दीपकुमार उपाध्यायले मोदीको विजयले नेपाल भारतको सम्बन्ध अझ प्रगाढ भएर जाने बताएका छन्।  शनिबार नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उपाध्यायले नेपाल र भारतको सम्बन्ध जति प्रगाढ भयो त्यति देशको विकास हुने बताए।

भौगोलिक अवस्था सहज भएकाले दुइ देशबीच आपसी सम्बन्ध र एकता बिना नेपाल अगाडि बढ्न नसक्ने समेत बताए।  भारतबाट जति सहजरुपमा आयात हुन्छ त्यहि प्रकृतिबाट नै नेपालको उत्पादन निर्यात हुनु पर्ने वातावरण बनाउन नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने उपाध्यायको भनाइ छ।

उनले नेपालमा उत्पादन बढाएर भारतमा जति बढी बिक्री गर्न सक्यो त्यति नेपालको अर्थतन्त्र माथी उक्लने बताए।  नेपाली कांग्रेसका नेतासमेत रहेका उपाध्यायले प्रतिपक्षमा बसेर जनताको भावना बुझ्ने मत कांग्रेसलाई दिएकाले कुनै घटनाक्रममा पनि सरकारमा सहभागी नहुने धारणा राखे।

प्रतिक्रिया दिनुहोस
Advertisement