मोदीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ : मन्त्री यादव


काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने बताएका छन् । रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उनले माेदीकाे नेपाल भ्रमणबाट द्रबै देशकाे सम्बनध प्रगाढ हुने बताएका हुन् ।

उनले नेपालमा निर्यातजन्य उत्पादनहरू नभएका कारण भारतसँगको व्यापार घाटा बढिरहेको उल्लेख गर्दै वर्तमान सरकारले नेपाली उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरेको भन्दै भने ‘नेपालमा अलैँची, पश्मिना, अदुवा जस्ता कृषिजन्य उत्पादनबाहेक खासै विदेशमा निर्यात गर्ने खालको उत्पादन छैन्, त्यसकारण भारतबाहेक अरु मुलुकसँग व्यापार सम्बन्ध बढाए पनि नेपालको व्यापारमा घाटा नै हुन्छ ।’

नेपालमा खुल्ला उदारीकरण र निजीकरणको नाममा राष्ट्रिय उद्योगहरु बेचेर खाएको उनको आरोप छ । पूर्वअर्थमन्त्री डा. रामशरण महतप्रति लक्षित गर्दै मन्त्री यादवले भने,‘जसको अर्थ नीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भयो उनै व्यक्तिलाई बेष्ट फाईनान्स मिनिष्टर भनेर अवार्ड दिए, अहिले उत्कृष्ट अर्थमन्त्री भनेर मुल्यांकन गर्नेहरु नेपालको अर्थतन्त्र ध्वस्त भयो भनेर मज्जा लिईरहेका छन्।’

बन्द रहेका उद्योग तथा कलकारखानाहरुलाई सरकारले सञ्चालन गर्ने विश्वास दिलाउँदै उनले सरकारले कुनैपनि उद्योग धन्धाहरु नबेच्ने स्पष्ट पारे । उनले भने,‘जनतामा सरकारले उद्योग चलाउँछ भन्ने विश्वासमा सस्तोमा जग्गा दिएका हुन नि, तर अहिले प्लटिङ भैरहेका छन्, अब त्यस्तो हुँदैन्, हामी चाहान्छौं अब आउने नीति तथा कार्यक्रममा पनि यसबारेमा यथेष्ट कुराहरु आउँछन्।’

उनले बन्द रहेका सरकारी उद्योगधन्धाहरु सञ्चालन गर्न सरकारले निजी क्षेत्रसँगपनि सहकार्य गर्ने बताए । त्यस्तै मजदुरलाईपनि लगानीको लागि आह्वान गर्ने जसले गर्दा उनीहरुलाई पनि आफ्नो भन्ने अपनत्व हुने उनको विश्वास छ । यद्धपी उनले यसबारेमा अहिले छलफलमात्रै भएकोले ठोस निर्णय भैनसकेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement