भारतीय प्रधानमन्त्री मोदी र टेस्लाका मालिकबीच भेटवार्ता


एजेन्सी- अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका मालिक तथा सीईओ एलन मस्कसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले र मस्कसँग अमेरिकाको न्युयोर्कमा भेट गरेका हुन् । भारतमा टेस्लाले आफ्नो विद्युतीय गाडीहरुको उत्पादनका लागि कारखाना राख्न लागेको समयमा भएको यो भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

उक्त भेटमा मस्कले भारत संसारकै ठूला देशहरुको तुलनामा सबैभन्दा धेरै सम्भावना भएको देश रहेको बताएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मस्कले भेटमा भनेका छन्, ‘म भारतको भविष्यलाई लिएर निकै उत्साहित छु । भारत संसारका कुनै पनि ठूला देशको तुलनामा धेरै सम्भावना भएको देश हो । प्रधानमन्त्री मोदी वास्तवमै भारतको चिन्ता लिन्छन् । म उनको फ्यान हुँ । यो एउटा निकै महत्पूर्ण भेट थियो र म उनलाई साच्चै प्रसंसा गर्छु ।’

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पनि मस्कसँगको भेटघाटको विषयलाई आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै महत्वपूर्ण भेटर्वार्ता भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement