भारतिय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको तयारीमा


नयां दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीले आगामी महिना बंगलादेश र भुटानको भ्रमण गर्ने बताइएको छ । बंगलादेश र भुटानको भ्रमण पश्चात् मोदीले नेपाल भ्रमणको योजना तत्कालै बनाउने भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सले दावी गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासीको नेपाल भ्रमणपछि भारतिय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको तयारीमा जुटेका हुन् । उनले प्रधानमन्त्रीमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोनमार्फत बधाई दिएर भारत भ्रमणको निम्तो दिएका थिए ।

चीन र पाकिस्तानको सम्बन्ध सुमधुर भइरहेको बेला नेपालमा सरकार परिवर्तन भएलगत्तै पाकिस्तानी प्रधानमन्त्री बधाई दिन भन्दै नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपालले भारत तथा पाकिस्तानबीचको कुटनीतिक विवादमा समन्वय गर्न सक्ने धारणा राखेपछि भारत झन् झस्केको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले सिपेकबाट पाकिस्तानले लाभ लिइरहेको भन्दै ओबरबाट नेपालले पनि लाभ लिन सक्ने सुझाएका थिए । भारतले चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजनाप्रति असहमती जनाउंदै आएको छ । नेपाललाई ओबरमा हस्ताक्षर नगर्न भारतले दबाव दिएपनि गत वर्ष नेपालले त्यसमा हस्ताक्षर गरिसकेको छ ।

 यस्तो छ इकोनोमिक्स टाइम्सको समाचार

प्रतिक्रिया दिनुहोस
Advertisement