चिनियाँ राष्ट्रपतिसँगको वार्ताबारे प्रचण्डसँग यस्तो खुलासा गरे मोदीले


काठमाडौं– चार दिने भारत भ्रमण पश्चात आइतबार स्वदेश फर्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रमण फलदायी र उपलब्धीमूलक भएको बताएका छन्।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त परराष्ट्र मन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए।

त्रिभुुवन अन्तर्र्राष्ट्रिय विमानस्थल काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले चीनका राष्ट्रपति सि जिङ पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको रणनैतिक वार्ताबारे खुलासा गरे।

प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै अध्यक्षले भने, ‘चीन र भारतले ४०० वर्ष अघिसम्म ५१ प्रतिशत भन्दा बढी विश्व अर्थतन्त्रमा बर्चश्व कायम गरेको थियो, तर ४०० वर्ष यता बिग्रिएर घटेको र फेरी एकपटक यहाँको अर्थतन्त्र र सभ्यतालाई पुनः एसियामा स्थापित गर्नुपर्छ भन्ने रणनैतिक कुराहरु उहाँले गम्भीता पूर्वक बताउनुभयो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement