परराष्ट्रमन्त्रालयले बोलायो अवैतानिक महावाणिज्यदूतहरुको सम्मेलन, यस्तो छ कारण ?


काठमाडौं– परराष्ट्रमन्त्रालयले विभिन्न मुलुकहरुमा कार्यरत नेपालका अवैतानिक महावाणिज्यदूतहरुको सम्मेलन गर्ने भएको छ । मन्त्रालयले नेपालको राष्ट्रिय हितका विषयमा अभिमुखीकरण गर्न जरुरी देखिएको भन्दै वाणिज्यदूतहरुको सम्मेलन आयोजना गर्न लागेको हो । 

सम्मेलन आगामी जुन २६ र २७ मा काठमाडौंको होटल अन्नपुर्णमा परराष्ट्रमन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्रालयकाअनुसार विभिन्न देशमा कार्यरत  महावाणिज्यदूत र वाणिज्यदूतहरुलाई नेपालको आर्थिक नीति, वैदेशिक लगानी,निर्यात प्रवद्र्धन,आसन्न पर्यटन कार्यक्रम,वैदेशिक रोजगार सहजीकरणलगायतका नेपालको राष्ट्रिय हित र प्राथमिकताहरुकोसम्बन्धमा बिषयगत निकायबाट सहभागीसंग छलफल गर्न सम्मेलनको आयोजना भएको हो । 

सम्मेलनको उदघाटन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्नेछन् भने स्वागत मन्तव्य परराष्ट्रसचिव शंकरदास वैरगीले गर्ने कार्यक्रम छ । सम्मेलनमा पर्यटन,उर्जा,उद्योग,लगानी वोर्ड,श्रममन्त्रालयका अधिकारीले मन्त्रालयको तर्फबाट विषयगत प्रस्तुती गर्ने कार्यक्रम राखिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको अग्रसरतामा उक्त सम्मेलनको आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस
Advertisement