परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भेट: द्धिपक्षीय र क्षेत्रीय मुद्दामा छलफल


काठमाण्डु- अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरलाई भेटेका हुन् । भेटमा द्धिपक्षीय र क्षेत्रीय विषयमा संगसंगै अघि बढ्ने सहमति भएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले ट्विट गर्दै आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजान काम गर्ने सहमति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement