परराष्ट्रमन्त्रालयका तीन सहसचिवलाई राजदूत नियुक्त गर्ने सरकारको निर्णय


काठमाडौं–सरकारले तीन देशमा राजदुत नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले परराष्ट्रमन्त्रालयका सहसचिवहरु गेहेन्द्रराज भण्डारी बेल्जियम, तपस अधिकारी पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीमा राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सहसचिव राजभण्डारी परराष्ट्रमन्त्रालयमा शिष्टाचार महापाल,खड्का राहदानी विभागका महानिर्देशक र अधिकारी दक्षिण पूर्वी एसिया र प्यासेफिक डिभिजनका प्रमुखका रुपमा मन्त्रालयमा कार्यरत छन् ।

राजदूत वन्न वरियतामा अघि रहेका सहसचिव निर्मराज काफ्लेलाई भने राजदूत नवनाइएको स्रोतको दावी छ ।

यद्यपी राजदूत नियुक्तिबारे सरकारले आधिकारीक रुपमा केही जानकारी दिएको छैन् । मन्त्रालयका सचिव शंकरदास वैरागी समेत यसबारेमा अनभिज्ञ रहेको स्रोतको दावी छ । ।

प्रतिक्रिया दिनुहोस
Advertisement