परराष्ट्र मन्त्रालयका सचिव नै मान्दैनन् नियम, यस्तो छ उनिमाथीको आरोप


काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव शङ्कर दास बैरागीले गैरकानुनी सवारी साधन प्रयोग गरेको खुलासा भएको छ । वैरागीले मन्त्रालयको नाममा रहेको टोयटा गाडीलाई निजी नम्बर प्लेट राखेर चढिरहेको खुलासा भएको छ ।

दुई वर्ष अघि परराष्ट्र सचीव नियुक्त भएका वैरागीले निजी प्लेट राखेको बा २ झ २०७७ नम्बरको गाडी यातायात कार्यालयमा परराष्ट्रमन्त्रालयको नाममा छ । तर, नियमविपरित वैरागीले उक्त गाडीको नम्बर परिवर्तन गरेका छन् । मन्त्रालयको गाडीलाई सचिव वैरागीले बा १५ च ७११ नम्बर राखेर प्रयोग गरिरहेका छन् । निजी नम्बरको विवरण भने यातायात व्यवस्था कार्यालयको रेकर्डमा देखिंदैन् ।

‘उहालाई कुनै सुरक्षा थ्रेट पनि छैन्,सवै सचिवले निजी प्लेटको गाडी प्रयोग गर्न थालेपछि उहाले पनि सिको गर्नुभयो, सचिवले चढ्ने गाडी नै गैरकानुनी हुनु लाजमर्दो कुरा हो ।’ परराष्ट्रका एक उच्च अधिकारीले काठमाडौंपाटीसंग भने ।

परराष्ट्रमन्त्रालयले सुरुमा ६ महिनाका लागी अस्थायी नम्बर उपलव्ध गराईदिन भन्दै गृहमन्त्रालयमा पत्राचार गरेको भने भेटिएको छ । मन्त्रालयले २०७४ साल साउन ११ गते गृह मन्त्रालयलाई पत्र लेख्दै ६ महिनाका लागि अस्थायी रातो नम्बर उपलब्ध गराइदिन आग्रह गरेपनि सचिव वैरागीले ८ पुग्दा पनि न गृहमा पत्राचार गरेका छन् न गाडीको नम्बर परिवर्तन नै गरेका छन् । उनले सरकारी होस् या निजी दुवै काममा उक्त गाडी प्रयोग गरिरहेको मन्त्रालयकै कर्मचारीहरुा बतांउछन् ।

वैरागीले लिएको अस्थायी नम्बर प्लेटको सुविधा सकिएको दुई महिनाभन्दा बढी समय भएपनि उक्त गाडी निजी नम्बर प्लेट नै टांसेर उनि चढिरहेका छन् । वैरागीले चढेको उक्त गाडी अहिले पनि परराष्ट्रमन्त्रालय अघि नै पार्किङ गरेको भेटिएको छ ।

सचिव वैरागीले मात्र होईन उच्च पदस्थ सरकारी अधिकारीदेखी मन्त्रीसम्मले गैरकानुनी रुपमा गाडी चड्दै आएका छन् । उनिहरुले सुरक्षाको कारण देखांउदै निजी नम्बर प्लेट राख्ने गरेको पाईन्छ । परराष्ट्रमात्र होईन गृह र अर्थका सचिवले समेत सरकारी प्लेटमा निजी नम्बर राखेर गाडी कुदाईरहेका छन् ।

सरकारी गाडीलाई समेत रातो प्लेट बनाउन सकिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेपनि पछिल्लो समय त्यसलाई उच्च पदस्थ अधिकारीले दुरुपयोग गर्दै आएका छन् । गृहमन्त्रालयका प्रवक्ता नारायण दुवाडीले सरकारी गाडीलाई निजी नम्बर प्लेट दिनेबारे कार्यविधी नबनेको बताए । दुवाडीले त्यसबारेमा छिट्टै कार्यविधी र मापदण्ड बनाईने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement