चीनसंग सीमा विवाद नभएको परराष्ट्रमन्त्रालयको प्रष्टोक्ति


काठमाडौं – सरकारले नेपालको चीनसंग सीमा विवाद नरहेको स्पष्ट पारेको छ । केही संचारमाध्यममा चीनले नेपालको सीमा मिचेको व्यहोराको समाचार आएपछि परराष्ट्रमन्त्रालयले त्यसको खण्डन गरेको हो ।

मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गर्दै नेपाल र चीनबीच सीमा विवाद नभएको प्रष्ट पारेको छ । सीमा विवादसम्बन्धी समाचार कृषि तना पशुंपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

समाचारमा हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको र प्राकिृतक कारणले दुवै देशबीचकै सहमतिमा स्तम्भ नराखिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्रालयले नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोम्बर ५ मा दुई देशबीच भएको सीमा सम्झौतले निर्धारण गरेबमोजिम रहेको र कृषि मन्त्रालयलये सीमासम्बन्ध विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने उल्लेख गरेको जनाएको छ ।

कुनै सीमा समस्या देखिएमा दुवै मुलुकका सम्बन्धित निकायबीच आपसी सहमतिमा नै सल्टाउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीचको आपसी सम्बन्धमा खलल पुर्‍याउने सीमाजस्तो संवेदनशील विषयमा सूचना पुष्टि गरेर मात्र प्रकाशन प्रशारण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

 

नेपाली कांग्रेसका केही सांसदहरुले यसबारेमा संसदमा संकल्प प्रस्ताव समेत दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement